महिला सशक्तिकरणमा सहकार्य गर्न अष्ट्रेलिया र स्वीजरल्याण्ड इच्छुक | Khabarhub Khabarhub

महिला सशक्तिकरणमा सहकार्य गर्न अष्ट्रेलिया र स्वीजरल्याण्ड इच्छुक


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र अष्ट्रेलिया तथा स्वीजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लेरले मन्त्री गुरुङसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।

शिष्टाचार भेटवार्ता नेपाल तथा अष्ट्रलिया र स्वीजरल्याण्डका द्वीपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

राजदूतद्वयसँग शिष्टाचार भेटवार्तामा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पका लागि सहयोग गर्न आग्रह गरेको थिए ।

राजदूतसँगको भेटवातामा मन्त्री गुरुङले मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उनले अष्ट्रेलिया र स्वीजरल्याण्डले नेपालको पूर्वाधार विकास, सामूदायिक वन र सामूदायिक विकास एवम् लघु उद्यमशीलता विकासजस्ता क्षेत्रमा लामो सहकार्यका साथ काम गरेको चर्चा गर्दै दुवै मुलुकले नेपालको दीगो विकास र महिलाको सशक्तिकरणमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

राजदूतद्वय बड र क्याप्लेरले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताएका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ४३ बजे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित