साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री ! | Khabarhub Khabarhub

साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री !


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । उनी आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् ।

जाह्नवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छिन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् ।

खबरका अनुसार यी दुई फिल्ममा रोमान्टिक प्रेमकथासहित देखिनेछन् । अहिलेलाई यो फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि जाह्नवी पहिलो रोजाइ भने थिइनन् ।

पहिले यो फिल्म कियारा आडवाणीलाई अफर गरिएको थियो । आलिया भट्टलाई पनि फिल्मको अफर आएको थियो । दुवै नायिकाले नगरेपछि जाह्नवीले गर्ने भएकी हुन् ।

खबर छ कि, यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शूटिङमा जानेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने अझै आएको छैन ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : ४७ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश