जडिबुटी खोज्न जाँदा बेपत्ता १२ जनाको उद्दारका लागि हेलिकोप्टर पठाइँदै | Khabarhub Khabarhub

जडिबुटी खोज्न जाँदा बेपत्ता १२ जनाको उद्दारका लागि हेलिकोप्टर पठाइँदै


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जुम्लाको तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जनाको खोजी गर्न गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

उनीहरुको खोजी र उद्दार गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले जानकारी दिए । तर हुस्सुको कारण हेलिकोप्टरले उडान भर्न भने सकेको छैन । उद्धारका लागि बिहान ८ बजे नै हेलिकप्टर पठाउन खोजिएपनि मौसममा आएको खराबीका कारण समस्या भइरहेको छ ।

स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका थिए । एकै गाउँका धेरै जना बेपत्ता भएको खबर पाएसँगै आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिए । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन ।

हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् । एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ सुनसान भएको छ । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए’ उनले भने, “तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । बाह्रै जनाको अवस्था अज्ञात रहेको छ ।”

उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन् ।

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १२ : ४३ बजे

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको