प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै | Khabarhub Khabarhub

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रस्ताव, प्रतिवेदन आज बुझाइदै


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ ।

समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।

समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो ।

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए ।

आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश पाँचको राजधानी दाङ हुनुपर्ने पक्षमा मुख्यमन्त्री शंकर पोखरेल देखिएका कारण नामकरण र राजधानी तोक्ने विषय ओझेलमा परेको आरोप लागदै आएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १२ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र