समस्या समाधानका लागि चाक्सीबारीमा देउवा र पौडेल पक्षबीच वार्ता | Khabarhub Khabarhub

समस्या समाधानका लागि चाक्सीबारीमा देउवा र पौडेल पक्षबीच वार्ता


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टीमा देखिएको विवाद समाधानका लागि नेपाली संस्थापन पक्ष र संस्थापन इतका नेताहरुबीच छलफल भएको छ ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुबीच सिंहको निवास चाक्सिवारीमा छलफल भएको हो ।

भेटमा नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी लगायत रहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएपछि सहमति खोज्ने प्रयास गर्दै बैठक बसिएको हो ।

संस्थापन पक्षले समस्या समाधानको पहलका लागि उपसभापति निधि र पौडेल पक्षले नेता प्रकाशमानलाई मुख्य जिम्मेवारी दिएका छन् ।

यसअघि हिजो साँझ पौडेल समूहका नेताहरुको बैठक महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो भने पाथिभराबाट फकिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पनि बैठक बसेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएका छन् ।

यसअघि आइतबारका लागि बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ३८ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस