बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस् | Khabarhub Khabarhub

बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ ।

किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् ।

यसले मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ ।

मोवाइलबाट छुटकारा दिलाउन के गर्ने ?

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ ।

यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ ।

केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् । तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ ।

साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

यदि उमेर अनुसार चलाउन दिनु परेमा पनि निश्चित समत तोकेर मात्र दिनुहोस् । उनीहरुलाई रोचक कथा, प्रसंग तथा नविनतम जानकारी दिनुहोस् । यसो गर्नाले उनीहरुमा रहेको मोवाइलको लत हटेर जानेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र