एनसीसी बैंकको नाफा र निक्षेप घट्यो, खराव कर्जा समेत उच्च | Khabarhub Khabarhub

एनसीसी बैंकको नाफा र निक्षेप घट्यो, खराव कर्जा समेत उच्च


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्य वाणिज्य बैकहरुको नाफा बढेको तथ्याङ्क सार्वजनिक भइरहेका बेला कुनै बेलाको समस्याग्रस्त बैंकका रुपमा राष्ट्र वैंकले हस्तक्षेप गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ ।

बैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २०.१६ प्रतिशतले घटेको छ । पहिलो तीन महिनामा ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएपनि अघिल्ल्ओ आर्थिक वर्ष भने बैकले ४२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले पहिलो तीन महिनामा ६६ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको र ६३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप समेत एक अर्ब एक करोडले घटेको छ तर कर्जा भने २ अर्ब ७ करोड रुपैयाँ बढेको छ । बैकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ६७ अर्ब ३ करोड निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड रुपैयाा कर्जा प्रवाह गरेको थियो ।

८ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैकको खराव कर्जा समेत २.८७ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : १५ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख