चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ | Khabarhub Khabarhub

चीनद्वारा हङकङमा जनमुक्ति सेना तैनाथ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले हङकङमा आफ्नो जनमुक्ति सेनालाई तैनाथ गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मी पीएलएका सैनिकले शनिवार हङकङको सडकमा आश्चर्यजनक रुपमा प्रदर्शन गरेका छन् ।

सरकार विरोधी प्रदर्शनपछि अवरुद्ध भएको सडक र भवनहरुलाई सफाइ गर्दै उनीहरु अघि बढेको देखिएको समाचारमा उल्लेख गरिएको छ ।

सडकमा पीएलए सैनीकको उपस्थितिले चिनियाँ शासित क्षेत्रको स्वायत्तता माथि थप विवाद उत्पन्न हुने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना खटाइएको बताइन्छ । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ५३ बजे

पशुपतिको विद्युत शवदाह अब निःशुल्क

काठमाडौं– पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क

सलमानको घरबाहिर गोली चलाएको प्रकरणमा पक्राउ युवकले गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना