चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ | Khabarhub Khabarhub

चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महङ्गो मूल्यका गाडी चोरी गरी भाडामा लगाउने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंसहितका विभिन्न ठाउँबाट स्कार्पियो, फर्च्युनर लगायतका गाडी चोरी भाडामा लगाउने मुकुन्द प्रसाद पुडासैनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरखाको सुलिकोट–७ घर भइ काठमाडौंको गोलढुङ्गा बस्दै आएका पुडासैनीले बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कार्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राइभेट फर्च्युनर गाडी चोरी गरी भाडामा लगाउँदै आएका थिए ।

गोलढुङ्गामा आदित्य ट्रान्सपोर्ट नामक गाडी भाडामा लगाउने कम्पनी सञ्चालक गर्दै आएका पुडासैनीले गाडी चोरेर भाडामा लगाउने गरेको सूचना प्रहरीमा आएको थियो ।

प्रहरीले पुडासैनीसँगै उनले चोरी गरेर भाडामा लगाएका ३ वटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुडासैनीले चोरीका गाडीमा भाडामा लगाएर लाखौं रुपैयाँको कारोबार गर्ने गरेका थिए ।

चोरीका गाडी भाडामा लगाउने पुडासैनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : ०४ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको