के बुर्ज खलिफामा नाम देखाउन शाहरुख खानले दिएका थिए २ करोड? | Khabarhub Khabarhub

के बुर्ज खलिफामा नाम देखाउन शाहरुख खानले दिएका थिए २ करोड?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको ५४ औँ जन्मदिनमा दुबईको बुर्ज खलिफामा नाम देखाइएको थियो । जन्मदिनको उक्त उत्सवलाई शाहरुख खानले धन्यवाद दिएका थिए ।

शाहरुखले ट्वीटरमा लेखेका थिए, ‘मलाई यति चम्किलो बनाइदिएकोमा धन्यवाद मोहम्मद अलबार र बुर्ज खलिफा ।’

हालै सामाजिक सञ्जालमा एक पोस्ट भाइरल भएको छ । जुन पोस्टमा दाबी गरिएको छ कि, शाहरुख खानले बुर्ज खलिफामा आफ्नो नाम देखाउन २ करोड रकम दिएका थिए ।

एक टिभी च्यानलको हेडलाइनलाई सामाजिक सञ्जालमा शेयर गरिएको छ । स्किृनशटमा लेखिएको छ, दुई करोडमा शाहरुख खानले बुर्ज खलिफामा आफ्नो नाम लेखाएका थिए । जब पैसा तिर्ने कुरा भयो त उनले फोन नै उठाएका छैनन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त पोस्ट गलत भएको जनाइएको छ । हेडलाइनमा अर्कै लेखिएको र उक्त हेडलाइनलाई इडिट गरेर फरक बनाइएको हो ।

अफिसियल रुपमा पनि शाहरुख खानले बुर्ज खलिफामा देखाउने बारे पैसाको कुरा नभएको बताइएको छ ।

बुर्ज खलिफा २७,०० फुट अग्लो संसारकै सबैभन्दा अग्लो भवन हो । यसको भ्रमण गर्न विश्वभरबाट पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : २७ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ