फ्राइडे रिलिज: चर्चा कमाउन नसकेका २ नेपाली फिल्म प्रदर्शनमा | Khabarhub Khabarhub

फ्राइडे रिलिज: चर्चा कमाउन नसकेका २ नेपाली फिल्म प्रदर्शनमा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीमध्ये दुवै चलचित्रले दर्शकमाझ क्रेज बनाउन भने सकेका छैनन् ।

आज शुक्रवारदेखि चलचित्र ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ प्रदर्शनमा आएका हुन् । चर्चाका हिसाबले ‘मिस्टर नेपाली’ को केही चर्चा भए पनि कुनै हाइप बनाउन सकेको छैन ।

आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सम्हाली राख है’ को पनि कुनै चर्चा छैन । ‘मिस्टर नेपाली’ लाई देव भुसालले निर्देशन गरेका हुन् । यस्तै ‘सम्हाली राख है’ मा आरएल मोक्तानको निर्देशन छ ।

‘मिस्टर नेपाली’ लाई प्रेमराज दाहाललले निर्माण गरेका हुन् । फिल्ममा भुवन केसी, सरोज खनाल, रीमा विश्वकर्मा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सम्हाली राख है’ मा नयाँ कलाकारको वर्चश्व छ । फिल्ममा अर्जुन कुँवर, शितल केसी, आरोही बस्नेत, स्नेहा कार्की, शंकर कार्की लगायतका कलाकारको अभिनय छ ।

‘मिस्टर नेपाली’ ले मल्टिप्लेक्स हलमा समेत केही शो पाएको छ भने ‘सम्हाली राख है’ भने सिङ्गल थिएटरका हलमा मात्र प्रदर्शनमा आएको हो ।

यसै गरी आजैदेखि हिन्दी चलचित्र ‘मरजावा’ र हलिउड फिल्म ‘चार्लिज एन्जल्स’ पनि प्रदर्शनमा आएका छन् । नेपालका मल्टिप्लेक्स हलमा यी फिल्मले पर्याप्त शो पाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १२ : ३६ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन