पारसलाई 'अनफलो' गरेका सन्दीपले गरे 'फलो ब्याक' | Khabarhub Khabarhub

पारसलाई ‘अनफलो’ गरेका सन्दीपले गरे ‘फलो ब्याक’


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालाई युवा स्टार सन्दीप लामिछानेले ट्वीटरमा फलो गरेका छन् ।

टि–१० लिग खेल्न युएई पुगेका सन्दीपले पारसलाई फलो गरेका हुन् । यसअघि सन्दीपले पारसलाई ट्वीटरबाट अनफलो गरेका थिए । जसका कारण सन्दीपको आलोचना पनि भएको थियो ।

सन्दीपको ट्वीटरमा १ लाख ७० हजार ६ सय फलोअर रहेका छन् भने उनले मात्रै १९ जनालाई फलो ब्याक दिएका छन् । जसमा पारससँगै अस्ट्रेलियाका पूर्व कप्तान ग्लेन म्याक्सवेल, माइकल क्लार्कसहित नेपाली क्रिकेट टोलीका खेलाडीलाई फलो ब्याक दिएका छन् ।

सन्दीले बिहीबार राति टि–१० का लागि युएईमा रहेका निवर्तमान कप्तानसँगको फोटोसमेत सार्वजनिक गरेका थिए । यसअघि सामाजिक सञ्जालमा पारसलाई अनफलो गरेको भन्दै पारसका प्रशंसकले सन्दीपको आलोचना गरेका थिए ।

टि–१० मा पहिलो पटक परेका पारसको टोली अबुधाबी समूह बि मा छ । उसले आफ्नो पहिलो खेल आज खेल्दैछ । अबुधाबीले कलन्दर्ससँग प्रतिस्पर्धा गर्दै लिगमा शुरुवात गर्दैछ ।

पहिलो पटक लिग खेल्न युएई पुगेका नेपाली टोलीका निवर्तमान कप्तान खड्काले भने टोलीको पहिलो खेलमा स्थान पाउने नपाउने बारे कुनै संकेत छैन् ।
यता, लेग स्पिनर लामिछाने कर्नाटक टस्कर्समा आवद्ध छन् । उनको टोली समूह ए मा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १२ : २३ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।