चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल | Khabarhub Khabarhub

चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपालले मंसिर ३ गते कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको होम गेम रहेको उक्त खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानको थिम्पुमा हुने तय भएको छ ।

नेपालसँग खेल्नु अघि कुवेतले आफ्नो घरेलु मैदानमा भएको चाइनीज ताइपेइविरुद्धको खेलमा शानदार जित हात पारेको छ ।

अल कुवेत स्पोट्स स्टेडियममा भएको खेलमा ताइपेइमाथि ९–० गोलको जित हात पारेको छ । जसमा कुवेतका ७ जना खेलाडीले गोल गरेका छन् ।
ताईपेविरुद्धको प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाईदी र फासल अल अजेमीले एक–एक गोल गरे ।

कुवेतले एक गोल आत्मघाती उपहार पायो ताईपेका चेन वेई चुअनले आत्माघाति गोल गरेका थिए ।

नेपालसँग खेल्न ५ दिन अगाडि ताइपेइविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको कुवेत उच्च मनोवलका साथ भुटान पुग्ने भएको छ । यसअघि कुवेतसँग ७–० गोलले पराजित भएको नेपाल भुटानमा अंक खोस्ने लक्ष्यमा रहेको छ ।

जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : १४ बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज