लिथुनियाविरुद्ध रोनाल्डोको ह्याट्रिक, ६ गोल अन्तरले पोर्चुगलको जीत | Khabarhub Khabarhub

लिथुनियाविरुद्ध रोनाल्डोको ह्याट्रिक, ६ गोल अन्तरले पोर्चुगलको जीत


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरो छनोटमा लिथुनियालाई ६–० ले हराएको छ ।

बिहीबार राति घरेलु मैदानमा प्रभावशाली जित निकाल्दै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ ।

रोनाल्डोले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिक गोल गर्न सफल रहे । ३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।

सातौ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए ।

एफोन्सो फर्नान्डेसले ५२ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए । मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

युभेन्ट्सका स्टार रोनाल्डोले क्लबबाट पछिल्लो दुई खेल पुरा समय खेल्न पाएका छैनन् । साविक विजेता पोर्चुगलले आईतबारको खेलमा लक्जमवर्गलाई हराउन सकेमा युरोकपमा छनोट हुनेछ ।

पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ४४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने