महराको म्याद थपबारेको बहस सकियो | Khabarhub Khabarhub

महराको म्याद थपबारेको बहस सकियो


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा जारी बहस सकिएको छ ।

अबको केही बेरमा यसबारेको निर्णय सार्वजनिक हुनेछ ।

महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा बहस भएको थियो ।

उनीमाथिको थप अनुसन्धानका लागि म्याद थप सम्बन्धी निर्णय हुने सम्भावना रहेको छ ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको जाहेरी परेपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । दशैं बिदापछि आजबाट अदालत खुलेसँगै महरालाई अदालतमा पेश गरिएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ५१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र