विमानस्थल तोडफोड गरेको भन्दै सांसद साह विरुद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

विमानस्थल तोडफोड गरेको भन्दै सांसद साह विरुद्ध प्रहरीमा उजुरी


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर विमानस्थलमा तोडफोडमा उत्रिएका प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साह विरुद्ध प्रहरीको उजुरी परेको छ ।
सोमबार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

साहले विमानस्थलमा तोडफोड गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुसामा उजुरी दर्ता गराएको हो ।

विमानस्थल कार्यालयमा तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत उनीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १२ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र