पत्नी गिन्नीको डेलिभरीका लागि यस्तो तयारी गर्दैछन् कमेडियन कपिल | Khabarhub Khabarhub

पत्नी गिन्नीको डेलिभरीका लागि यस्तो तयारी गर्दैछन् कमेडियन कपिल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कमेडियन कपिल शर्माकी पत्नी गिन्नी चतरथ गर्भवती छिन् । कपिल चाँडै पिता बन्दैछन् । पछिल्लो समय उनी आफ्नो प्रोफेशनल लाइफ र पर्सनल लाइफलाई लिएर निकै खुसी पनि देखिन्छन् ।

उनी आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ को आउँदो एपिसोडमा आफ्नो जन्मिने बच्चा र गिन्नीका साथ समय कसरी बिताउने भन्ने विषयमा तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुम्बई मिररको एक रिपोर्टअनुसार कपिल डिसेम्बरमा पिता बन्दैछन् । जीवनको यो नयाँ घडीलाई लिएर कपिल निकै उत्साही छन् । गिन्नीको डेलिभरीपछि उनी धेरै भन्दा धेरै समय पत्नीको साथमा रहन चाहन्छन् । त्यसका लागि उनी अहिले तयारीमा जुटेका छन् । त्यो समयका लागि उनले अहिले नै आफ्नो कार्यक्रममो सुटिङ धमाधम गरिरहेका छन् ।

आगामी दिनको कार्यक्रमका लागि कपिल अक्षयकुमार, रितेश देशमु, कृति सेनन, गोबिन्दा, मौनी राय, राजकुमार राव, तापसी पन्नू र भूमि पेडनेकरका साथ सुटिङ गर्दै छन् ।

त्यसो त चर्चित कमेडियन कपिल शर्माकी श्रीमती गिन्नी चतरथको बेबी शावर सेरेमनी भइसकेको छ। उक्त सेरेमनीका केही तस्वीर समाजिक संजालमा भाइरल भइरहेका छन्। उता, बेबी शावरमा पुगेकी भारती सिंहले पनि समारोहको इनसाइड फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी छन्।

गत आइतबार साँझ भएको गिन्नीको बेबी शावरमा भारती सिंह, माही, विज, कश्मिरा शाह, कृष्णा अभिषेक, कीकू शादरा उपस्थित थिए। उनीहरुले त्यहाँ बोटलमा दूध पिउने फनी टास्क गर्दै गरेको देखिएको थियो।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : ४३ बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी