फर्निचर एक्स्पो सम्पन्न, ८१ हजारले गरे अवलोकन | Khabarhub Khabarhub

फर्निचर एक्स्पो सम्पन्न, ८१ हजारले गरे अवलोकन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सम्पन्न भएको छ ।

विगत वर्षभन्दा यस पटक अवलोकनकर्ताको अधिक चाप देखिएकाले एक्स्पोका आयोजक तथा व्यवस्थापकहरु उत्साहित बनेका छन् । पाँच दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा पाँच दिनसम्म चलेको एक्स्पोमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । एक्स्पोमा सञ्चालित रक्तदान कार्यक्रममा ११३ पिन्ट रगत संकलन भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए ।

अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिने संयोजक अग्रवालले बताए ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दाबढी प्रदर्शकहरुको सहभागिता रहेको थियो । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : ०९ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तस्बिर : ध्रुव भट्टराई तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन