असोज २ बाट कपडाको प्रदर्शनी | Khabarhub Khabarhub

असोज २ बाट कपडाको प्रदर्शनी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशमा उत्पादित धागोबाट बनाइएका कपडाको प्रदर्शनी हुने भएको छ ।

नेपाल धागो उत्पादक संघले यही असोज २ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी गर्ने भएको हो ।

संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँच दिने प्रदर्शनीमा नेपालमा उत्पादित धागोबाट बनाइएका कपडा, स्वेटर, सर्टिङ सुटिङ, होजियारी, झुल लगायतका वस्तु राखिने जानकारी दिएको छ ।

नेपालमा हाल वार्षिकरुपमा करिब ४० हजार मेट्रिक टन धागो उत्पादन हुने गरेको छ । उत्पादित धागोमध्ये ८० प्रतिशतभन्दा बढी भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।

संघका अध्यक्ष पवन गोल्याणले धागो उद्योगमा साना उद्यमीहरुलाई आकर्षित गर्न र स्वदेशी धागोबाट बनाइएका कपडाको बजार प्रबद्र्धनका लागि प्रदर्शनी गर्न लागेको बताए ।

नेपालमा हाल सञ्चालनमा रहेका उद्योगमध्ये रिलायन्स, त्रिवेणी, जय र जगदम्बा स्पिनिङ प्रमुख धागो उद्योग हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०४ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।