दशैं र तिहारलाई लक्षित गरी ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा | Khabarhub Khabarhub

दशैं र तिहारलाई लक्षित गरी ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वलाई लक्षित गरी सरकारले ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

वाणिज्य मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ्गबाट सञ्चालनमा आउनुपर्ने ७३ मध्ये ६ वटा खुल्न बाँकी रहेका हुन् । साल्ट ट्रेडिङ्गको तीन र खाद्य व्यवस्था कम्पनीको तीन गरी ६ वटा पसल सञ्चालनमा आउन बाँकी रहेको वाणिज्य विभागले जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रामशाह पथमा सुपथ मूल्य पसल उद्घाटन गरेका थिए । सोही दिनबाट उपत्यकामा ३ वटा पसल घुम्ती पसलसहित देशभर झण्डै ६० भन्दा धेरै सुपथ मूल्य पसल सञ्चालनमा आएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ०० बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको