‘को बन्छ करोडपति’ विजेता राजीवलाई १ करोड हस्तान्तरण | Khabarhub Khabarhub

‘को बन्छ करोडपति’ विजेता राजीवलाई १ करोड हस्तान्तरण


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एपीवान टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहीबार जैनलाई एक ‌औपचारिक कार्यक्रमको आयोजना गर्दै चेक हस्तान्तरण गरियो ।

जैनलाई एसआरवीएन मिडियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, अभिनेता राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिभ निर्देशक सुरक्षा अधिकारी लगायतले विजेता जैनलाई चेक हस्तान्तरण गरे ।

‘को बन्छ करोडपति’ को पहिलो संस्करण विजेता जैनले आफूले पाएकोमध्ये केही रकम समाजसेवामा खर्चिने बताए । उनले रियालिटी शो का क्रममा आफूले पाएको रकमले विश्व भ्रमण गर्ने बताएका थिए । अब भने नेपालका कैयन् ठाउँमा पनि घुम्न बाँकी रहेकाले नेपालमा विभिन्न ठाउँ घुम्ने बताए ।

चेक हस्तान्तरणपछि एसआरबीएन मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपीन कुमार आचार्यले पहिलो संस्करणको सफलताले दोस्रो संस्करण छिट्टै ल्याउने बताए ।

यस्तै अभिनेता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएको भन्दै खुशी व्यक्त गरे । साथै उनले दोस्रो संस्करणको तयारी थाल्न पनि केबीसी टिमलाई आग्रह गरे । कार्यक्रममा क्रियटिभ प्रमुख सुरक्षा अधिकारी, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ४५ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका