वीरेन्द्रनगरमा तीन दिनदेखि खानेपानी वितरण ठप्प | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा तीन दिनदेखि खानेपानी वितरण ठप्प


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अबिरल वर्षाले खानेपानीका संरचनामा क्षति पुर्‍याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्णरुपमा ठप्प भएको छ ।

वर्षासँगै आएको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पुर्‍याएपछि पानी वितरण पूर्णरुपमा ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

“पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पुर्‍याएको हुँदा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो । वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, “तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन नभएकोले वितरण गर्न नसकिएको हो ।”

देवकोटाका अनुसार खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले क्षति पुर्‍याएको छ । वर्षाका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन । वर्षाले झुप्राको इन्टेकसमेतमा क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन ।

बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ ।  पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएकाले मर्मत भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ ।

आइतबार साँझसम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्ने लक्ष्यका साथ मर्मत काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा सोमबार बेलुकासम्म पानी आउने इन्जिनियर तिवारीले बताए ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ३० बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई