किन गर्ने होलबडी चेकअप, परीक्षणपूर्व के कुरामा ध्यान दिने ? | Khabarhub Khabarhub

किन गर्ने होलबडी चेकअप, परीक्षणपूर्व के कुरामा ध्यान दिने ?


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको समग्र स्वास्थ्य अवस्थाबारे गरिने परीक्षणलाई ‘होलबडी चेकअप’ भनिन्छ । स्वास्थ्य परीक्षणका विभिन्न प्याकेजमध्ये ‘होलबडी चेकअप’ एउटा हो।

होलबडी चेकअप मानिसको उमेर र लिंगअनुसार फरक हुन्छ । रगत, दिसा, पिसाब र विभिन्न एक्सरेबाट होलबडी चेकअप गरिन्छ ।

रगतमा रक्त समूह (ब्लड ग्रुप), सुगर, कलेजो (लिभर फङ्सन टेस्ट), युरिक एसिड, थाइराइड (थाइराइड फङ्सन टेस्ट), हेपाटाइटिस बी, सी र एचआइभी लगायत परीक्षण गरिन्छ ।

यस्तै पिसाबमा संक्रमण, सुगर, प्रोटिनको मात्रा जाँच गरिन्छ भने दिसामा संक्रमण, जुका, लगायत हेरिन्छ। होलबडी चेकअपमा मुटु, कलेजो, फोक्सो, मिर्गौला र छातीको एक्सरे पनि गरिन्छ।

होलबडी चेकअप भनेको टाउकोदेखि खुट्टासम्मको स्वास्थ्य परीक्षण हैन। यसमा बिरामीको आग्रह र चिकित्सकको सल्लाहअनुसार परीक्षण गरिन्छ ।

परीक्षणपूर्व ध्यान दिनुपर्ने कुरा:

–अघिल्लो राति कम्तीमा ८–१० घन्टा सुत्नुपर्छ।
–कम्तीमा २४ घण्टा अगाडिदेखि साधारण खाना खानुपर्छ।
–सुगर, कोलेस्ट्रोल र भिडियो एक्सरेका लागि कम्तीमा ८–१० घन्टा खाली पेट हुनुपर्छ।
–पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी गराउनुपर्छ।
–२४ घन्टा अघिदेखि धूमपान र मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ५३ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार