पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीनै जना पक्राउ | Khabarhub Khabarhub

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीनै जना पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार अपराह्न पत्रकार लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । घटनामा मुछिएकी अर्की अस्मिता भनिने रुकु कार्कीलाई दिउँसो नै पक्राउ गरेको थियो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृत्यु अगावै रेकर्ड गरिएको शालिकरामको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्वजनिक भिडियोमा शालिकरामले ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार पुडासैनीको साउन २२ मा चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई कलंकीबाट नियन्त्रणमा लिएको थियो । चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

रवी लामिछानेलाइ पक्राउ गरे लगतै सामाजिक संजालमा चर्को बिरोध भएको छ । रवी लामिछानेका समर्थकले रवी र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठूलो सड्यन्त्र रहेको भन्दै बिरोध गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : २१ बजे

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्