बक्यौता नपाउँदा मारमा उखु किसान | Khabarhub Khabarhub

बक्यौता नपाउँदा मारमा उखु किसान


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– गत वर्ष चिनी उद्योगहरुलाई दिएको उखुको वक्यौता रकम पश्चिम नवलपरासीका उखु किसानहरुले अझै पाउन सकेका छैनन् ।

चिनी उद्योगहरुले उँखु किसानहरुलाई करिव ४ करोड रुपैयाँ दिन बाँकी रहेको जिल्ला स्थित उँखु उत्पादक कृषक समितिले जनाएको छ । जिल्लामा रहेका लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा सुगर मिल्सले किसानहरुलाई करिव ४ करोड रुपैयाँ रकम दिन बाँकी रहेको भए पनि अझैसम्म वक्यौत नदिएको उँखु किसानहरुले गुनासो गरेका छन् ।

उँखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियाहरु मार्फत कम मूल्यमा किसानहरुलाई रकम भुक्तानी गरेपनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी रहेको बताउँदै तत्काल रकम भुक्तानि नदिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने बताए ।

सरकारले उँखुको प्रतिक्विन्टल मूल्य रू ५३६.५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगहरुले भने किसानहरुलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा दिएको किसानहरुले बताएका छन् । यता चिनी उद्योगहरुले किसानहरुलाई बक्यौता रकम भुक्तानी दिन शुरु गरिसकेको जनाएका छन् ।

उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानहरुलाई खरिद पुर्जी संकलन गरी भुक्तानी दिन शुरु गरिसकेको जनाएका छन् । हालसम्म करिव २० प्रतिशत वक्यौता रकम भुक्तानी गरिसकेको जनाउँदै अझै वक्यौता रहेको रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापाले बताए ।

पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेतीको पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रमा वार्षिक करिव १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुने उखु उत्पादक संघले जनाएको छ । जिल्लामा झण्डै १० हजार परिवारहरु उखु खेतीमा संलग्न छन् । विगतका वर्षदेखि जिल्लामा ७ हजार ५ सय हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ०९ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको