यस्तो हुनेछ नयाँ धरहरा | Khabarhub Khabarhub

यस्तो हुनेछ नयाँ धरहरा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.स. २०७२ सालको विनाशकारी महाभूकम्पले ऐतिहासिक धरहरालाई भत्काएको थियो । करिब ३ वर्षपछि अर्थात् १२ पुस २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्याश गरे ।

अहिले भत्किएको धरहरालाई संरक्षणका साथ राखिएको छ भने पूरानो धरहरा भएकै क्षेत्रमा अर्को धराहरा बनिरहेको छ । अहिले धरहरा पुनर्निमाणले गति लिएको छ । पुनर्निर्माण थालिएको ८ महिना बितिसकेको छ भने १५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धराहरा पुनर्निर्माणको जिम्मा जीआईईटिसी—रमनदेवी कन्स्ट्रक्सनलाई दिएको छ । कन्स्ट्रक्सनले पनि २ वर्षमा धरहरा ठड्याउने भन्दै धमाधम काम गरिरहेको छ ।

यस्तो हुनेछ नयाँ धराहरा !

– निर्माणाधीन धरहरा कस्तो बन्ला ? भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ ।

– नयाँ बनिरहेको धरहराको स्वरुप भने पुरानै हुनेछ ।

– ११ तलामा बन्ने धरहराको उचाई २ सय ४५ फिटको हुनेछ ।

– धरहराको अन्डरग्राउन्ड ३ तलाको हुनेछ ।

– ती तलामा अत्याधुनिक ‘भूकम्प संग्राहलय हुनेछ’ ।

– वरीपरी बगैँचा हुनेछन् ।

– साँस्कृतिक कार्यक्रम गर्ने खुल्ला ठाउँ पनि राखिनेछ ।

– सुन्धाराको पुरानो धारामा नियमित पानी आपुर्ति हुनेछ ।

– धरहराको भित्रपट्टि कफीसप हुनेछ ।

– धरहरा चढ्न आउनेहरुका लागि पहिलेजस्तो सिँढी चढिरहनुपर्ने झमेला हुदैँन । त्यसका लागि लिफ्टको व्यवस्था गरिनेछ ।

– भूकम्पको विविध खालको सूचना दिन भित्र विभिन्न प्रकारका श्रव्य र दृश्य सामग्री राखिनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : २१ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल