अफगानिस्तान विरुद्ध नेपालको लगातार दोस्रो जित | Khabarhub Khabarhub

अफगानिस्तान विरुद्ध नेपालको लगातार दोस्रो जित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ बराबरी भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको थियो । खेलको अन्तिम सेटमा नेपाली टोलीले १५-१२ स्कोरमा जीत हात पारेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार २५–२२ र २५–१५ को स्कोरमा जीत हात पारेको अफगानिस्तानविरुद्ध नेपाली टोलीले तेस्रो सेटमा मात्रै लय समात्न सकेको थियो । त्यसपछि लगातार तेस्रो र चौथो सेटमा नेपालले २६–२४, २६–२४ स्कोरको रोमाञ्जक जीत हात पारेको थियो ।

१ बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । अफगानिस्तानसँगको मैत्रिपूर्ण खेलले नेपाली टोलीलाई भदौ २ गतेदेखि ८ गतेसम्म नेपालमा आयोजना हुनेछ । यो मत्रीपूर्ण खेललाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको वाम अफ खेल हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ४९ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण