नेकपा बैठक पुनः स्थगित, भोलि ३ बजे बस्ने | Khabarhub Khabarhub

नेकपा बैठक पुनः स्थगित, भोलि ३ बजे बस्ने


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई ज्वरो आएको जानकारी दिए । विहीबार अपरान्ह ३ बजेका लागि सचिवालय बैठक बोलाइएको थियो ।

बैठकले स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने छ । नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । विभागमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी छ ।

अन्य विभागको अनौपचारिक टु‌गो लागे पनि पार्टी एकता भएको एक वर्ष पूरा हुँदा समेत अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ३८ बजे

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका