प्लस टु पढ्न करिश्माले रोजिन् किटिनी कलेज | Khabarhub Khabarhub

प्लस टु पढ्न करिश्माले रोजिन् किटिनी कलेज


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले दश प्लस २ अध्ययनका लागि राजधानीको किटिनी क्याम्पस रोजेकी छिन् । उनले यसै वर्ष ३ जीपीए लिएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

आफ्नो घर गोदावरी क्षेत्रमा भएकाले उनी सो क्याम्पसमा पढ्ने भएकी हुन् । करिश्माले सामाजिक सञ्जालमार्फत किटिनी उच्च माविको पोशाक लगाएर केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

यसअघि उनी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी पार्टीसँग एकता गरेपछि उनले राजनीति छोडेको घोषणा गरेकी थिइन् ।

मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट एसईई परीक्षा दिएकी करिश्माको परीक्षा केन्द्र डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो ।

१४ वर्षको उमेरदेखि अभिनय यात्रा थालेकी करिश्मा गतवर्ष स्कूल भर्ना भएकी थिइन् । करिश्मा स्कूल भर्ना भएपछि उनको चर्चा चुलियो । फिल्मी दुनियाँमा भने उनी खासै चर्चामा छैनिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १ : ३६ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका