नेपाली भलिबल टोलीले आज अफगानिस्तानविरुद्धको दोस्रो मैत्रिपूर्ण खेल खेल्दै | Khabarhub Khabarhub

नेपाली भलिबल टोलीले आज अफगानिस्तानविरुद्धको दोस्रो मैत्रिपूर्ण खेल खेल्दै


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी भलिबल टोलीसँगको दोस्रो मैत्रिपूर्ण खेल आज खेल्दैछ । त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कर्भडहलमा नेपालले अफगानिस्तानसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्दैछ ।

नेपाली टोली आजको खेलमा पनि जीत हात पार्दै एभिसी सेन्ट्रल जोन भलिबलका लागि आफु तयार देखाउन चहान्छ भने अफगानि टोली नेपालको घरेलु टोलीलाई रोक्ने लक्ष्यमा छ ।

यसअघि बुधबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानको टोलीलाई ३–२ को सेटमा पराजित गर्दै मैत्रिपूर्ण खेलमा राम्रो शुरुवात गरेको थियो ।

एसियन भलिबल संघ(एभिसी) को संयोजनमा एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलो पटक नेपालमा आयोजना हुन लागेको छ । प्रतियोगिता भदै २ गतेदेखि ८ गतेसम्म लगनखेलमै हुनेछ ।

उक्त प्रतियोगिताकै लागि नेपाल आएको अफगानि टोलीले नेपालसँग अभ्यास स्वरुप मैत्रिपूर्ण खेल खेलेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ९ : ४३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर