हावामै उडेर यीनले राखे कीर्तिमान, पार गरे इङ्लिश च्यानल | Khabarhub Khabarhub

हावामै उडेर यीनले राखे कीर्तिमान, पार गरे इङ्लिश च्यानल


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सको कलसिस शहरनजिक रहेको सानगेट र बेलायतबीच डोभर शहरमा रहेको ह्वाइट क्लिफसम्मको दूरी ३५ किलोमिटर छ ।

बीचमा इङ्लिश च्यानल पर्ने भएकाले यहाँका मानिसहरु एक अर्को स्थान जान पानीजहाज वा इङ्लिश च्यानमा निर्मित सुरुङमार्गको प्रयोग गर्छन् ।

तर हालै फ्रांकी जापाता नाम गरेका फ्रान्सेली इन्जिनियरले भने जेट प्रविधिमा आधारित फ्लाइ बोर्डको प्रयोग गरी केबल २२ मिनेटमै यो दुरी पार गरेका छन् ।

उनले मट्टितेल प्रयोग गरिएको जेट प्रविधिमा आधारित फ्लाइबोर्डको सहायतामा ११७ किलोमिटर प्रतिघण्टाको गतिमा इङ्लिश च्यानलमाथि उडेका थिए । करिब ५० फिटको उचाईमा उड्दै उनले यो दूरी २२ मिनेटमै पार गरेका हुन् ।

बीचमा उनी फ्लाइबोर्डमा इन्धन भर्नका लागि बीच समुद्रमा ओर्लेका थिए । उनको सुरक्षालाई मध्यनजर गर्दै केही हेलिकोप्टर समेत उडाइएको थियो ।

यसअघि पनि यस्तै किसिमको फ्लाइबोर्डबाट इङ्लिश च्यानल पार गर्ने अनेक कोशिस असफल भएका थिए । तर, उनले भने सफलतापूर्वक फ्लाइबोर्डको माध्यमबाट इङ्लिश च्यानल पार गर्ने कीर्तिमान कायम गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ५७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष