इन्टरपोलबाट डिफ्युजन जारी गरिएका व्यक्ति काठमाडौंमा पक्राउ | Khabarhub Khabarhub

इन्टरपोलबाट डिफ्युजन जारी गरिएका व्यक्ति काठमाडौंमा पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरपोल महासचिवालयबाट डिफ्युजन नोटिस जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्डअनुसार गुरुङ कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले काठमाडौंको गोंगबु मित्रनगरबाट पक्राउ गरेको हो ।

गुरुङले एक महिलालाई विभिन्न अश्‍लिल म्यासेज लेखी पठाएको र इमोमार्फत अपशब्द लेखेर धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै वैशाख ८ गते उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।

गुरुङमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ३६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने