काठमाडौं महानगरपालिकाका नायव सुब्बा १ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

काठमाडौं महानगरपालिकाका नायव सुब्बा १ लाख घुससहित पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नायव सुब्बा घुस रकमसहित पक्राउ परेका छन् ।

महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद सोती १ लाख ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

सोतीले सामाजिक विकास विभागअन्तर्गत सञ्चालित कार्यक्रमको भुक्तानी गरेवापत घुस माग गरेका थिए । सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नासु सोतीलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो ।

सोतीलाई बबरमहलस्थित महानगरपालिकाको कार्यालय क्षेत्रबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : १९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र