कोपा अमेरिकामा आज अर्जेन्टिना र कोलम्बिया भिड्दै, मेस्सीलाई कमव्याकको अवसर | Khabarhub Khabarhub

कोपा अमेरिकामा आज अर्जेन्टिना र कोलम्बिया भिड्दै, मेस्सीलाई कमव्याकको अवसर


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलको दोस्रो दिन ब्राजिलको स्थानीय समयअनुसार आज राति दुई खेल हुँदैछन् । जसमा समूह ‘ए’बाट भेनेज्वेला र पेरु भिड्दा समूह ‘बी’बाट अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ । पहिलो खेल नेपालको स्थानीय समयअनुसार भने राति १२ :४५ बजेबाट शुरु हुनेछ ।

दोस्रो खेल नेपालको स्थानीय समयअनुसार आइतबार बिहान ३ : ४५ बजेबाट शुरु हुनेछ । अर्जेन्टिनाको टिममा मेस्सीसँग सर्जियो अगुइरो, पाउलो डिबाला, एन्जल डि मारियालगायत प्रमुख खेलाडी हुनेछन् भने कोलम्यिबाको टिममा हामेस रोड्रिग्वेज, फाल्काओ, जुआन काउडराडो, येरी मिनालगायत खेलाडी हुनेछन् ।

यसपटक मेस्सीको टिम अर्जेन्टिनालाई उपाधि दौडमा प्रमुख दाबेदारमध्येको एक मानिएको छ । मेस्सी सन् २०१८ मा रसियामा भएको विश्वकप फुटबलपछि पहिलोपटक अफिसियल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेल्दैछन् । त्यसैले पनि आजको खेलमा मेस्सीलाई कमव्याकका रुपमा लिइएको छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १ : २० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको