स्वतन्त्र तिब्बती सम्मेलनमा सहभागी सांसदबारे पार्टी नै बेखबर | Khabarhub Khabarhub

स्वतन्त्र तिब्बती सम्मेलनमा सहभागी सांसदबारे पार्टी नै बेखबर


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लात्भियाको राजधानी रिगामा भएको निर्वासित तिब्बती संसद्को आह्वानमा स्वतन्त्र तिब्बत सम्बन्धी सम्मेलनमा समाजवादी पार्टी नेपालका सांसदको सहभागिताबारे पार्टी नै बेखबर बनेको छ ।

सम्मेलनमा सांसद् प्रदीप यादव सहभागी भएको समाचार सार्वजनिक भइरहेका बेला समाजवादी पार्टीले भने यस विषयमा केही थाहा नभएको जनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीले सांसद् यादवलाई उक्त सम्मेलनमा सहभागी हुन पार्टीले अनुमति नदिएको समेत स्पष्ट पारेको छन् ।

उनको सहभागिता नितान्त व्यक्तिगत रहेको र उनको कदम पार्टीको औपचारिक धारण नरहेको  विज्ञप्तिमा उल्लेख छ । सांसद यादव उक्त सम्मेलनमा सहभागी भएको जानकारी पाउनासाथ सांसद यादवलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारवाही अघि बढाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टी नेपाल मुलुकको वर्तमान विदेश नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै एक चीन नीतिप्रति पनि सहमत रहेको जनाएको छ । त्यस्तै, नेपाली भूमिलाई चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिन समेत प्रतिबद्ध रहेको जनाएको छ ।

यसअघि लाट्भियामा भएको सम्मेलनमा विश्वका २५ मुलुकका १ सय भन्दा धेरै सांसद्को सहभागिता रहेको समाचार सार्वजनिक भएको थियो । उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रदीप यादवका साथै राष्ट्रिय जनता पार्टी, नेपालका सांसद् इकबाल मियाँको समेत रहेको बताइएको थियो ।

एक चीन नीतिको विरुद्धमा गई स्वतन्त्र तिब्बतसम्बन्धी सम्मेलनमा सहभागी भएको विषयमा यसअघि सभामुख कृष्णबहादुर महराले मियाँसँग सोधपुछ गरिसकेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : ५१ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने