चीनले बन्द गर्‍यो सबै भाषाका विकिपिडिया | Khabarhub Khabarhub

चीनले बन्द गर्‍यो सबै भाषाका विकिपिडिया


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनमा अनलाइन ज्ञानकोष विकिपिडियाका सबै भाषाका साइट बन्द गरेको छ । हालै सार्वजनिक एक प्रतिवेदन अनुसार चीनमा सबै भाषाका विकिपिडिया बन्द गरिएका हुन् ।

इन्टरनेटमा सेन्सरसिपसम्बन्धी शोधकर्ताले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा सबै भाषाका विकिपिडिया बन्द भएको जनाइएको छ । यसअघि चीनमा चिनियाँ भाषाको विकिपिडिया बन्द भइसकेपनि अन्य भाषामा भने उपलब्ध रहेको थियो । निकै नै कठोर इन्टरनेट सेन्सरसिप रहेको चीनमा यसअघि हजारौंका सङ्ख्यामा साइटहरु बन्द भइसकेको छ ।

यसअघि सन् २०१७ मा टर्कीले पनि विकिपिडियामाथि प्रतिबन्ध लगाएको थियो भने हालै भेनेजुएलाले पनि विकिपिडियामा प्रतिबन्ध लगाएको थियो । तैपनि विकिपिडिया सञ्चालक संस्था विकिमिडिया फाउण्डेसनले भने चीनबाट आफ्नो साइटमा निकै थोरै ट्राफिक आउने देखिएपछि त्यहाँ विकिपिडिया बन्द भएको थाहा पाइएको तर चिनियाँ अधिकारीले भने यसबारे कुनै जनकारी नदिइएको जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : ०९ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट