डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अदालतको अवहेलनामा दोषी ठहर | Khabarhub Khabarhub

डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अदालतको अवहेलनामा दोषी ठहर


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (कार्यालय प्रमुख) अदालतको अवहेलनामा दोषी ठहर भएका छन् ।

उच्च अदालत पाटनले एक मुद्दाको सन्दर्भमा कागजात झिकाउने आदेश कार्यान्वयन नगरेपछि कार्यालय प्रमुख विश्वराज मरासेनी अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका हुन् ।

उच्च अदालत मोहम्मद साबिर हुसेन र टेकनारायण कुँवरको इजलासले मालपोत प्रमुख मरासेनीलाई अदालतको अवहेलना गरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतले ६ जेठ २०७५, १८ असार २०७५, १९ असोज २०७५, ३ माघ २०७५ र ३ चैत २०७५ गरी ५ पटक डिल्लीबजार मालपोत कार्यालयलाई पत्र लेखेर कागजात माग गरेको थियो ।

पाँच–पाँच पटक पत्रचार गर्दा पनि कार्यालयबाट पत्र प्राप्त नभएपछि अदालतले प्रमुख मरासेनीलाई न्याय प्रशासन ऐनअनुसार पहिलोपटकका लागि ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : ०० बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको