कर्मचारीको विवरण नबुझाउने म्यानपावरको काम रोक्का गरिने | Khabarhub Khabarhub

कर्मचारीको विवरण नबुझाउने म्यानपावरको काम रोक्का गरिने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले आफ्ना कार्यलयमा काम गर्ने कर्मचारीको विवरण नबुझाउने म्यानपावर कम्पनीको काम कारबाही रोक्का गर्ने भएको छ ।

विभागले म्यानपावर कम्पनीको कारोबार संस्थागत गर्नेका लागि म्यानपावरसँग कर्मचारीको विवरण मागेको छ । विभागले वैशाख मसान्तभित्र कर्मचारीको विवरण म्यापावरसँग मागेको थियो । त्यसमा थोरै मात्र म्यानपावरले कर्मचारीको विवरण बुझाएको विभागले जानकारी दिएको छ ।

विभागले आफ्नो अनलाइन सूचना प्रणालीमा विवरण अद्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई गत चैत २३ देखि २९ गते सम्म ७ दिनको समय दिएको थियो । सो अवधिमा विवरण अद्यावधिक गर्न छुटेका म्यानपावर कम्पनीहरुले विभागको अनलाइन प्रणालीमा जेठ ३ गतेसम्म आफ्नै लगइन मार्फत विवरण अद्यावधिक गर्न पाउने भएका छन् ।

दोस्रो पटक दिएको म्यादभित्र विवरण नबुझाउने म्यानपावरको काम कारवाही रोक्का समेत गरिने विभागका प्रवक्ता भोलानाथ गुरागाईँले बताएका छन् ।  वैदेशिक रोजगार ऐनअनुसार म्यानपावरमा काम गर्ने कर्मचारीका विवरण माग गरिएको उनको भनाई छ । पछिल्लो समय म्यानपावर कम्पनीले आफ्नो संस्थामा काम गर्ने कर्मचारीका नाममा आईएमई गराई वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिन काम भइरहेको छ ।

विभागको माग बमोजिम म्यानपावर कम्पनीले विभागमा पठाउने कर्मचारीबाट हुने आर्थिक कारोबार कर्मचारीको व्यक्तिगत नभई म्यानपावर कम्पनी कै कारोबारका रुपमा विभागले व्याख्या गरी म्यानपावर कम्पनीलाई जवाफदेही बनाउने छ । यससँगै विभागले म्यानपावर कम्पनीले विदेशस्थित रोजगारदाताबाट प्राप्त गर्ने सेवा शुल्कको विवरण पनि विभागलाई बुझाउन निर्देशन दिन थालेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : २५ बजे

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– यति बेला राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री