सारा अली खानका 'बोल्ड' तस्वीर देखेर भड्किए फ्यान, भने - बुर्का खोइ ? | Khabarhub Khabarhub

सारा अली खानका ‘बोल्ड’ तस्वीर देखेर भड्किए फ्यान, भने – बुर्का खोइ ?


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा अली खान ती कलाकारमा पर्छिन्, जसले बलिउडमा कदम राख्नासाथ तहल्का मच्चाउन सफल भए । आफ्ना दुई फिल्मबाट साराले तारिफ बटुलिन् । ठूला स्टार्स पनि उनका सामुन्ने फिक्का लाग्न थालेका छन् । सारा आफ्नो सुन्दरताका कारण चर्चामा रहिरहन्छिन् । उनले सामाजिक सञ्जालमा पनि नयाँ तस्वीर अपलोड गरिरहन्छिन् ।

हालै साराले सामाजिक सञ्जालमा एउटा तस्वीर शेयर गरिन् । उक्त तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । केही फ्यानले उनको तस्वीरलाई रुचाएनन् । बरु ट्रोल बनाइदिए ।

खासमा साराको तस्वीरलाई फ्यानले रमजानसँग जोडिदिए । दर्शकले भन्न थाले कि, तिमी मुस्लिम भएर रमजानका बेलामा यस्ता तस्वीर शेयर गर्न सक्दैनौ । तस्वीर अपलोड गरेकै कारण फ्यानले उनको रोजा खराब भएको भन्दै भड्किएका छन् ।

एक प्रयोगकर्ताले भनेका छन्, ‘बच्ची रमजान हो, कमसेकम बुर्का लगाएर त तस्वीर अपलोड गर्ने गर, यस्तो बेलामा माशाअल्लाह भन्नुपर्नेमा अस्तगफिरुल्लाह भन्न परिरहेको छ, तिमी सुध्रेऊ ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘रमजानमा यस्ता पोस्ट शेयर गर्दा लाज लागेको छैन ?’

सारा अली खान यतिबेला फिल्म ‘लभ आजकल २’ को काममा व्यस्त छिन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ४७ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त