राजस्व र करदाता कार्यालयका कर्मचारीको राइँदाइँ : दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार | Khabarhub Khabarhub

राजस्व र करदाता कार्यालयका कर्मचारीको राइँदाइँ : दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएको राजधानी दैनिकमा खबर छ ।

राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरी व्यापारीहरूसँगको मिलेमतोमा राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूले करोडौं रकम भारत तथा अस्ट्रेलिया पठाउने गरेको गुनासा आएपछि ती कर्मचारीमाथि छानबिन र अनुसन्धान गर्न उच्च दबाब परेको छ ।

प्रधानमन्त्री कार्यालयका ती अधिकारीले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष यस विषयमा उजुरी आएको बताए । ‘राजस्व ठगेर रकम असुली गरेको भन्ने उजुरी, गुनासा र जानकारी आएका छन्, यस विषयमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने ।

स्रोतका अनुसार राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूको साठगाँठ राजस्व ठगी गर्ने व्यापारीसँग अत्यधिक हुने गरेको छ । राजस्व सेवा समूहका कर्मचारी मात्रै रहने ती निकायमा अन्य सेवा समूहका कर्मचारी टिक्नै सक्दैनन् । ‘राजस्व र करदाता कार्यालयमा संरचनागत भ्रष्टाचार यति धेरै मौलाएको छ कि त्यसले मुलुकको करोडौं राजस्व गुमिरहेको छ,’ एक सहसचिवले भने ।

सुस्ताउँदै सहरी विकासउदासीन सहरी मन्त्रालय शीर्षकको समाचारमा सहरको उचित विकास, व्यवस्थापन र समृद्धिको मुख्य जिम्मा पाएको सहरी विकास मन्त्रालयको उदासीनताले सहरी विकासका काम सुस्ताएका छन् ।दुई तिहाईनजिक बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिको मुख्य नारा अघि सारे पनि सहरी विकासमन्त्री नै गुमनामजस्तै बन्न पुगेका छन् । सहरी विकासमन्त्री राईले सफा, सुन्दर तथा दिगो र व्यवस्थित सहरी विकासमा गतिलो योजना लिएर अघि बढ्न सकेका छैनन् भने चालू योजनाको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सहरी विकासमन्त्री राईले सक्रियता नदेखाउँदा बाहिरी चक्रपथ निर्माण कार्य अलपत्र बन्न पुगेको छ । स्रोतका अनुसार मन्त्री आफैंले चक्रपथ निर्माणको काममा उदासीनता देखाएका छन् भने विवाद समाधान गर्न तत्परता देखाएका छैनन् ।

गत वर्षको नीति तथा कार्यक्रम र बजेटमा नै बाहिरी चक्रपथ निर्माणको योजना परेको थियो । मन्त्रालयको लक्ष्यमा समेत २०७९/८० सम्म चोभारदेखि सतुंगल खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चालू वर्षको प्रथम चौमासिकमा सुरु हुने, दोस्रो चौमासिकमा १ किलोमिटर निर्माण सुरु हुने कार्यतालिका रहेको थियो । तर, हालसम्म पनि निर्माण सुरु हुन सकेको छैन । संसदीय विकास समितिले यसअघि बाहिरी चक्रपथ निर्माण ढिलाइप्रति मन्त्रीलाई बोलाएर काम चाँडो सुरु गर्न निर्देशन दिएको थियो ।

पत्रिकाले अनैतिक क्रियाकलाप रोक्न यस्तो अभियान शीर्षकको अर्को समाचार छापेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो ।

जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ परेका हुन् । सोमबार राति पक्राउ परेकाहरूमध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासमेत रहेका डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको बताए । उनले प्रहरीको अभियान नै काठमाडौंलाई क्लिन गर्ने रहेको समेत प्रस्ट पारेका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : ५३ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई