ठेकेदारसँग लिएको घुससहित चन्द्रागिरी नगरपालिकाका अधिकृत पक्राउ | Khabarhub Khabarhub

ठेकेदारसँग लिएको घुससहित चन्द्रागिरी नगरपालिकाका अधिकृत पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी दिने भन्दै ठेकेदारबाट लिएको घुससहित लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई पक्राउ परेका हुन् ।

लेखा अधिकृत भट्टराईले घुस मागेको भन्दै परेको उजुरीका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

लेखा अधिकृत भट्टराईलाई घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : २० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश