पत्रकार गिरी पक्राउको विषयमा महासंघको आपत्ति | Khabarhub Khabarhub

पत्रकार गिरी पक्राउको विषयमा महासंघको आपत्ति


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ठगीको समाचार लेखेको भन्दै प्रहरीले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको हो ।

साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए ।

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । गिरी पोखरामा क्राइम बिटमा कार्यरत पत्रकार हुन् ।

समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । यता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको बताएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ४४ बजे

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको