अमेरिकामा टोर्नेडोबाट ५ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा टोर्नेडोबाट ५ जनाको मृत्यु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


टेक्सास– गत साताको अन्त्यतिर अमेरिकाको दक्षिणी क्षेत्रमा टोर्नेडोबाट ५ जनाको ज्यान गएको छ ।

अघिल्लो शनिबार सबेरैबाट आइतबार अबेरसम्म दक्षिणी राज्य टेक्सासदेखि अलाबामासम्मको क्षेत्रमा १७ वटा टोर्नेडो आएको अमेरिकी अधिकारीले जनाएका छन् ।
टोर्नेडोबाट अरु दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टोर्नेडोबाट मारिनेमा ३ जना बालकालिका छन् ।

टोर्नेडोबाट टेक्सास राज्यको पोलोक शहरमा २ बालबालिकाको ज्यान गएको अधिकारीले जनाएका छन् । त्यस्तै लुइजियाना राज्यको मोनरो शहरमा अर्का १ बालकको ज्यान गएको बताइएको छ । लुइजियाना राज्यकै काल्होन शहरमा पनि अर्का १ व्यक्तिको शव फेला परेको छ भने मिसिसिपी राज्यमा पनि अर्का १ जना मारिएको बताइएको छ ।

त्यसबाहेक फ्लोरिडा, पेन्सलभेनिया, वेष्ट भर्जिनिया, नर्थ क्यारोलाइना, मेरिल्याण्ड, ओहायो, न्यूयोर्क लगायतका राज्यमा पनि सोमबार ठूलो सङ्ख्यामा टोर्नेडो आउनसक्ने चेतावी जारी गरिएको छ ।

मौसम र तापक्रममा परिवर्तन आउने सम्भावना रहेकाले त्यस क्षेत्रमा अरु धेरै टोर्नोडो आउनसक्ने चेतावनी जारी गरिएको छ ।

टोर्नेडोसँगै १ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्नसक्ने र असिनापानीका साथ हिमपात पनि हुनसक्ने पूर्वानुमान छ । टोर्नेडोलगत्तै भारी वर्षा र हिमपात हुनसक्ने भन्दै सबै मानिसलाई सुरक्षित रहन आह्वान गरिएको छ ।

मौसममा गडबडी र टोर्नेडो आउनसक्ने चेतावनीका माझ अमेरिकाको पूर्वी भेगमा २३ सय भन्दा धेरै हवाई उडान रद्द गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : १६ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको