खानेपानीको अभाव हुन थालेपछि महिलाले बनाए रिचार्ज पोखरी | Khabarhub Khabarhub

खानेपानीको अभाव हुन थालेपछि महिलाले बनाए रिचार्ज पोखरी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।

सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिइन् ।

नवज्योति महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाले मिलेर पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिइन् ।

पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोगलगायतका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षणमा महिला सक्रिय छन् ।

पानीको मुहानबाट माटोको ढिस्कोले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताइन् । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दालाई पानीको मुहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र