राष्ट्रपति भण्डारी स्वदेश फिर्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको ७३ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता भएकी छिन्। संयुक्त राष्ट्र संघको कमिसन अन स्टिाटस अफ ओमनको ६३ औ अधिवेशन (ओमन इन पावर) विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए । त्यसैअवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्रसंघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।
अमेरिका भ्रमणकै क्रममा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटरेज, राष्ट्रसंघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग कुटनीतिक भेटवार्ता गरेकी थिइन् ।

उनी फागुन २६ गते आइतबार न्योयार्क प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ३० बजे

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी 

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको

धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’

लताप– साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

रौतहट– चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित