‘ए मेरो हजुर ३’ को गीत: अनमोल र सुहानाका जोडी कति सुहायो ? | Khabarhub Khabarhub

‘ए मेरो हजुर ३’ को गीत: अनमोल र सुहानाका जोडी कति सुहायो ?


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘जिन्दगी नै भन्दिन’ बोलको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर छ भने एक नारायण भण्डारीका शब्द छन् । यस्तै गीतमा आकाश अविरलको संगीत र एचबीएन किस्मतको संगीतको मिक्सिङ छ ।

गीतको भिडियोमा युवापुस्तामाझ लोकप्रिय कलाकार अनमोल केसी र निर्देशक थापाकी छोरी सुहाना थापाको जोडी देख्न सकिन्छ ।

भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ । यो फिल्म सुहानाका लागि डेब्यु फिल्म हो । फ्यानले गीत रिलिज हुनासाथ अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको यो फिल्म नयाँ वर्षको मौका पारेर चैत्र २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : १७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र