बाँदरले स्थानीय आजित, समाउन नयाँ प्रविधि | Khabarhub Khabarhub

बाँदरले स्थानीय आजित, समाउन नयाँ प्रविधि


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो । बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिइन । स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताइन ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३ सय ३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५/७६ मा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ । पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ९ : ५० बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी