भालुको आक्रमणबाट आठ घाइते | Khabarhub Khabarhub

भालुको आक्रमणबाट आठ घाइते


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म रसुवामा भालुको आक्रमणमा परी ८ जना घाइते भएका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार भालुको आक्रमणबाट घाइते हुनेमा हालसम्म दुई सुरक्षाकर्मीसहित आठ जना रहेका छन् ।

घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका सहायक प्रहरी हवल्दार वीरबहादुर थिङ एवम् प्रहरी जवान किरण तामाङ रहेका र सर्वसाधारणतर्फ नुवाकोटका प्रकाश तामाङ रहेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्य घाइतेमा रसुवा नौकुण्ड गाउँपालिका निवासी मेम्मर लोप्चन, आमाछोदिङ्मो गापाका मीन तामाङ, गोसाइँकुण्ड गापा वडा नं ५ का दुप्ले लामा, वडा नं ६ का मोदनाथ घिमिरे र वडा नं ५ का आङबाबु तामाङ रहेका बताइएको छ ।

सरकारी अस्पतालको सिफारीसमा भालुको आक्रमणमा परेका व्यक्तिलाई नियमानुसारको उपचार खर्चसमेत प्रदान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए ।

उत्तरी रसुवामा भालुको आक्रमणले आतङ्क मच्चाउँदै गएपछि प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : १५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता