हिउँदे अधिवेशनमा प्रदेश तीनको स्थायी राजधानी र नामकरण प्रस्ताव आउने | Khabarhub Khabarhub

हिउँदे अधिवेशनमा प्रदेश तीनको स्थायी राजधानी र नामकरण प्रस्ताव आउने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताएका छन् ।

उनले आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिए ।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : २१ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल