औषधि प्रयोग गर्दा बिरामीले ध्यान दिनै पर्ने ५ कुरा | Khabarhub Khabarhub

औषधि प्रयोग गर्दा बिरामीले ध्यान दिनै पर्ने ५ कुरा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

औषधि बिरामी भएको समयमा अमृत समान हो । रोग लाग्दा  चिकित्सकले सिफरिस गरेको औषधि सेवन गर्दा रोग निको हुन्छ । तर त्यहि औषधिलाई सहि मात्रामा सहित तरिकाले सेवन गर्न जानेनौं भने औषधि विष समान बन्न पुग्छ ।

त्यसैले रोग लाग्दा औषधि सेवन गर्नु अघि र औषधि सेवन गरीरहेको समयमा बिरामी आफैले पनि आफुले प्रयोग गर्ने औषधिबारे राम्रोसँग जानकारी लिनुपर्छ । आज हामी तपाईलाई औक्षधि प्रयोग गर्दा बिरामीले सोच्नै पर्ने ५ कुराबारे जानकारी दिदैछौं ।

औषधि प्रयोग गर्दा बिरामीले सोच्नै पर्ने ५ कुरा

१. औषधि शुरु गर्दा

बिरामीले औषधि शुरु गर्दा आफुले खाने औषधिको नामबारे राम्रोसँग जानकारी दिनुपर्छ । साथै उक्त औषधि किन प्रयोग गरीरहेको छु भन्ने जानकारी लिएर मात्र औषधि प्रयोग गर्नुपर्छ । औषधि सेवन गर्नुअघि सो औषधि खान सिफरिस गर्ने चिकित्सकलाई औषधि सेवन गर्दा हुन सक्ने जोखिम र असर (साइड इफेक्ट) बारे राम्रोसँग सोधपुछ गर्नुपर्छ ।

२.औषधि सेवन गर्दा
– औषधि सेवन गर्दा बिरामीले औषधि खाने समय र कति मात्रामा खाने भनेर राम्रोसँग जानकारी दिएर सोहि अनुसार औषधि प्रयोग गर्नुपर्छ ।
–रोग लागेर औषधिको प्रयोग गर्दा समान्य साइड इफेक्टहरु देखिन्छ । तर कहिलेकाही टलित किसिमको साइड इफेक्ट पनि देखिन सक्छ । त्यसैले औषधि सेवन गर्दा साइड इफेक्ट देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

३. औषधि थप्नु पर्दा

कहिलेकाँही चिकित्सकले सिफरिस गरेको औषधिको मात्रा पुरा भइसक्दा पनि रोग ठिक नहुन सक्छ । त्यस्तो अवस्थामा थप औषधि खानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफुले स्वास्थ्य जाँच गराएको चिकित्सकसँग थप औषधि खान पर्ने वा नपर्नेबारे राम्रोसँग जानकारी लिनुपर्छ ।आफुलाई रोग ठिक नभएको भएमा र थप औषधि आवश्यक भएमा मात्र थप औषधि खानुपर्छ ।  औषधि थप्दा आफुले सेवन गरीरहेको औक्षधिले असर गर्ने नगर्ने बारे पनि जानकारी लिनुपर्छ ।

४.औषधिको समिक्षा

बिरामीले औषधि सेवन गर्दा कति अवधिसम्म खानुपर्ने हो भनेर राम्रोसँग जानकारी लिनुपर्छ ।  साथै आफुले लिइरहेको औषधि ठिक छ वा छैन भनेर विचार गर्नुपर्ने हुन्छ ।

५. औषधि सेवन बन्द गर्दा

औषधि रोग लाग्दा निको हुनका लागि मात्र प्रयोग गरीन्छ । त्यसैले औषधि सेवन गर्ने पनि निश्चित समय हुन्छ । दीर्घ रोगका बिरामीले खाने औषधि बाहेक अन्य संक्रमणबाट हुने रोगका औषधि सिमित समयसम्म मात्र खानुपर्ने हुन्छ ।  रोग निको भइसकेपछि पनि औषधि सेवन गरेमा त्यसको नकारात्मक असर हुनसक्छ । त्यसैले औषधि सेवन गर्दा कहिलेसम्म सेवन गर्नुपर्ने हो भन्ने बारे जानकारी लिनुपर्छ । चिकित्सकले सिफारिस गरेको अवधि सम्म मात्र औषधि सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : ५३ बजे

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार